Techie IT
  • २०८१ जेष्ठ २, बुधबार

सभामुखले घडीभन्दा विषयलाई ध्यान दिनुपर्ने रघुजी पन्तको सुझाव


काठमाडौं, ३२ जेठ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का सांसद रघुजी पन्तले सभामुख देवराज घिमिरेलाई समयभन्दा विषयलाई हेरिदिन आग्रह गरेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै पन्तले कहिलेकाहीँ सभामुखले घडीभन्दा विषयमा बढी ध्यान दिनुपर्ने बताए । ‘सभामुख महोदय म सकेसम्म विषय संक्षिप्तमै राख्छु । तर, मेरो आग्रह सभामुखलाई के छ भन्दाखेरि कहिलेकाहीँ घडीभन्दा विषयलाई हेरिदिनुपर्ने अवस्था आउँछ,’ उनले भने । मुलुक पञ्चायतदेखि गणतन्त्र कालसम्म आइपुग्दा सधैँ असंलग्न परराष्ट्र नीतिमा अडिग रहे पनि पछिल्लो समय त्यसबाट पछि हटेको उनको भनाइ छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हालै भारत भ्रमण गरेपछि असंलग्न परराष्ट्र नीतिमा खलबल उत्पन्न भएको उनले आरोप लगाए । त्यस्तै, पन्तले भारतले आफ्नो नयाँ संसदमा राखेको ‘अखण्ड भारत’को नक्साको पनि विरोध गरेका छन् । उनले उक्त नक्साको विरोधमा नेपालले कूटनीतिक नोट पठाउनुपर्ने माग गरे । भारतले हालै आफ्नो नयाँ संसदमा नेपाली भूभाग लुम्बिनी, कपिलवस्तु र विराटनगर समावेश गरेर नक्सा राखेपछि अहिले यसको व्यापक विरोध भइरहेको छ । प्रतिनिधिसभामा आज बिहीबारदेखि आगामी आर्थिक वर्षका लागि विनियोजित बजेटउपर मन्त्रालयगत छलफल सुरु भएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट