Techie IT
  • ८ माघ २०८१, मंगलबार
Jhilko

गण्डकी प्रदेशमा नेकपाको संसदीय दलको बैठक छुट्टाछुट्टै


१३ पुस, पोखरा । नेकपाको विभाजनसँगै गण्डकी प्रदेशमा आज नेकपाको संसदीय दलको छुट्टाछुट्टै बैठक बसेको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गलाई अविश्वासको प्रस्ताव ल्याएर नयाँ सरकार गठन गर्ने कसरतमा नेकपाको दाहाल–नेपाल समूह जुटेको हो ।
यस अघि बागमती प्रदेश र प्रदेश नं एकमा अविश्वासको प्रस्ताव दर्ता भइसकेको छ ।

बागमती र प्रदेश एकमा प्रचण्ड–नेपाल समूह मिल्दा निकै पल्लाभारी भएको अवस्था थियो भने गण्डकीमा ओली समूह निकै बलियो देखिएको छ । गण्डकीमा ओली समूहका २७, दाहाल–नेपालका १३, कांग्रेसका १५, राष्ट्रिय जनमोर्चाका ३ र जनता समाजवादी पार्टीका २ गरी ६० सांसद छन ।

प्रतिपक्षी दलको साथबिना कुनैले पनि सरकार गठन गर्न नसक्ने अवस्था रहेको छ । दुवै पक्षले प्रतिपक्षसँग नयाँ सरकार गठनको लागि वार्ता चलाइरहेका छन् । संसदमा सहभागी सबै दलहरु प्रधानमन्त्री ओलीको संवैधानिक कूको विरुद्धमा रहेको हुँदा प्रतिपक्ष दलहरुले प्रचण्ड–नेपाललाई साथ दिने संभावना धेरै रहेको बताइएको छ ।

 


क्याटेगोरी : Breaking, समाचार, गण्डकी प्रदेश
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट