Techie IT
  • २०८१ जेष्ठ १७, बिहीबार

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै


काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशनमा पेस हुने राजनीतिक प्रतिवेदनमाथि छलफल हुनेछ ।

बैठक बिहान ११ बजेबाट सुरु हुनेछ । दुई दिनसम्म चल्ने सो बैठकमा महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, सांगठानिक प्रतिवेदन, पार्टीको समाजवादी कार्यक्रम र विधान संशोधनका विषयमा छलफल गरी टुङ्गो लगाइने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

एकीकृत समाजवादीले असार १० देखि १६ गतेसम्म काठमाडौंमा महाधिवेशनको तयारी गरेको  छ। यस विषयमा पनि आजको बैठकमा छलफल हुनेछ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट