Techie IT
  • २०८१ जेष्ठ ७, सोमबार

ग्लोबल आइएमई बैंकद्वारा बैंकिङ साक्षरता कार्यक्रम सम्पन्न


काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले देशभर बैंकिङ साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । वित्तीय पहुँचबाट बाहिर रहेका समुदायको पहिचान गरी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको हो ।

वित्तीय साक्षरता अभियान अन्तर्गत १६९ शाखा मार्फत २० हजारभन्दा बढीको सहभागितामा कार्यक्रम सम्पन्न गरेको  बैंकले जनाएको छ । कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बीमा, लगानी, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी लगायतका विषयवस्तुमा जानकारी गराइएको थियो ।

बैंकिङ सञ्चालन गरेको वित्तीय साक्षरता कार्यक्रमले वित्तीय निर्णयहरू लिनको लागि सचेत, सशक्त बनाउनुका साथै आर्थिक व्यवस्थापनमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।  

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट