Techie IT
  • २०८१ जेष्ठ १७, बिहीबार

संसद बैठकमा कांग्रेसको अवरोध, राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पेस हुन सकेन


काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधपछि सङ्घीय संसद्को दुवै सदनको बैठक स्थगित भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको आउँदो आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरेलगत्तै बसेको प्रतिनिधि सभा बैठकमा कांग्रेस सांसदले नाराबाजी गर्दै बैठकमा अवरोध गरेका हुन् । यो बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेबापत राष्ट्रपतिलाई धन्यवाद दिने कार्यसूची थियो । तर विषयमा प्रवेश गर्न नपाउँदै कांग्रेस सांसदले नाराबाजी गरी अवरोध गरेसँगै सभामुख देवराज घिमिरेले अर्को बैठक पर्सि बिहीवार बिहान ११ बजेका लागि बोलाएका छन् ।

कांग्रेसले राष्ट्रिय सभा बैठकमा पनि अवरोध गरेको छ । राष्ट्रिय सभामा पनि राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पेस हुन सकेन । कांग्रेसले अवरोध गरेपछि सभाका अध्यक्ष नारायण दाहालले पर्सि बिहीवारसम्मका लागि बैठक स्थगित गरेका छन् ।

संसद्को दुवै सदनको बैठकमा कांग्रेसले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नका लागि संसदीय समितिको माग गर्दै नाराबाजी गरेको हो । कांग्रेसले गृहमन्त्री लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउन सरकारसँग माग गर्दै आएको छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट