Techie IT
  • २०८१ जेष्ठ ७, सोमबार

ललितपुरको जावलाखेलमा नुहाउने सुविधासहितको सार्वजनिक शौचालय


ललितपुर । ललितपुर महानगरपालिकाले जावलाखेलमा नुहाउने सुविधासहितको सार्वजनिक शौचालय सञ्चालनमा ल्याएको छ । महानगरपालिका मेयर चिरिबाबु महर्जनले हिजो एक समारोहकाबीच शौचालयको शुभारम्भ गरे । त्यसअवसरमा उनले ललितपुर महानगरभित्रका शौचालयहरू सफा र आपङ्गतामैत्री बनाउँदै लगेको बताए ।

‘शौचालय भन्नेबित्तिकै फोहर र गन्हाउँछ भन्ने आमधारणा छ । त्यो धारणा बदल्न महानगरले शौचालय सुधारमा जोडदिएको छ ।  शौचालयको सहजरूपमा प्रयोग गर्नेगरी सफासुग्घर राख्ने हाम्रो योजना छ । त्यसैअनुसार हाल शौचालय निर्माण भइरहेका छन्’, उनले भने ।

असल अभ्यासहरु अवलोकन गर्ने क्रममा करिब डेढ वर्षअघि बङ्गलादेश पुग्दा शौचालय पनि त्यति धेरै सफा र राम्रा हुँदा रहेछन् भन्ने थाहा पाएपछि महानगरका सबै वडामा त्यस्तै सुविधासम्पन्न शौचालय बनाउने गरी योजना अगाडि बढाएको उनको भनाइ छ ।

महानगरपालिकाले लगनखेलमा पनि जावलाखेल, मङ्गलबजार र पाटनढोकामा जस्तै अत्याधुनिक शौचालय बनाउने तयारी गरिरहेको छ । लगनखेलनमा अत्याधुनिक शौचालय निर्माणका लागि डिपिआर भइरहेको नगरप्रमुख महर्जनले जानकारी दिए ।

महानगर वडा नम्बर ४ का अध्यक्ष सन्तोष खड्काले जनघनत्वको अत्याधिक चापभएका ठाउँमा सार्वजनिक शौचालय निर्माण हुँदा धेरै नागरिकहरू लाभान्वित हुने बताए । उनले भने, ‘हाम्रो वडामा सदर चिडियाखाना छ । यहाँ भ्रमणमा आउनेहरूका लागि शौचालयको धेरै समस्या पर्नेगरेको छ । त्यसैलाई मध्यनजरगरी सञ्चालनमा ल्याइएको यो सार्वजनिक शौचालयले थोरै भए पनि समस्या गर्न सघाउपुग्ने छ ।’

कार्यक्रममा सामाजिक संस्था एरोशानका अध्यक्ष सोनी श्रेष्ठले शौचालय निर्माण र शुभारम्भले मात्रै नहुने भन्दै त्यसको दीर्घकालीन व्यवस्थानमा ध्यान दिनुपर्ने बताए । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था वाटर एडका राष्ट्रिय निर्देशक सुदर्शन न्यौपानेले खानेपानी, सरसफाइ र स्वच्छतालाई संस्थाले प्राथमिकतामा राखेर काम गरिरहेको र शौचालयको दिगो व्यवस्थापनका लागि सहकार्य गर्न तयार रहेको बताए ।

ललितपुर महानगरले एक वडा एक सार्वजनिक शौचालयको नीतिअनुसार हाल महानगरका वडा नम्बर ८, ९, २, १०, २४, २५ र २७ मा शौचालय निर्माणका काम भइरहेका छन् ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट