Techie IT
  • २०८१ जेष्ठ ७, सोमबार

बेलायतमा जन्मजातै कान नसुन्ने एक बालिकाको सफल उपचार


बेलायतमा जन्मजात रूपमै कान नसुन्ने एक बालिकाको उपचार सफल भएर कान सुन्न थालेकी छिन् । ‘ग्राउन्डब्रेकिङ जिन थेरापी’ नामको उपचारपछि बालिकाले कान सुन्न थालेको र बहिरोपनको उपचारमा यो ऐतिहासिक उपलब्धि भएको बीबीसीले जनाएको छ ।

ओपल स्यान्डी नाम गरेकी बालिकालाई जन्मिएको एक वर्ष पुग्नै लाग्दा उपचार गरिएको थियो । उपचार गरेको छ महिनापछि उनले नरम आवाजहरू मात्र सुन्ने गरेकोमा अहिले पूरै सुन्न थालेको खबरमा उल्लेख छ । चीनलगायत अन्य देशका डाक्टरहरूले पनि ओपलको जिन थेरापी जस्तै समान उपचार पद्धतिको खोजी गरिरहेका छन् ।

उपचार सम्भव भएकी बालिका ओपलका आमाबुबाले यो उपचार पहलो पटक आफ्नी छोरीमा परीक्षण गर्दा शुरुमा डर लागेको तर अहिले भने चामत्कारिक नतिजा आएको भन्दै खुशी व्यक्त गरेका छन् ।

डाक्टरहरूले जिन थेरापीको उपचार सफल हुनु निकै उत्साहको खबर भएको र जन्मजात कान नसुन्ने अरू बालबालिकामा पनि उपचार शुरु गर्नुपर्ने बताएका छन् । यस्तो उपचार बालबालिका तीन वर्ष नपुग्दै मात्र गर्न सकिने डाक्टरहरूले बताएका छन् ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट