Techie IT
  • २०८१ जेष्ठ ७, सोमबार

आज मातातीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिन


काठमाडौं । आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन । हिन्दू धर्मावलम्बीहरुका लागि आजको दिन विशेष रहेको छ । आमा शब्द आफैँमा त्यति महत्वपूर्ण छ कि, हामीले त्यसको महमिा र वर्णन गरेरै सक्दैनौँ ।

घर परिवारमा आमासँगै रहेका र आवश्यकता परिपूर्ति गर्न देश विदेशमा आमासँग टाडा रहेर आमाको न्यानो मायाको न्यास्रो लाग्नेहरुलाई आमाको महत्व धेरै हुन्छ ।

हरेक वर्षको बैशाख कृष्णपक्षको औंशीमा आमाको मुख हेर्ने चलन रहेको छ, आजको यस दिनलाई मातातीर्थ औंशी, मातृऔंशी एवं मातृ दिवस पनि भन्ने गरिन्छ ।

आमाप्रति विशेष भक्ति र भावयुक्त सम्मान गरिएको हुँदा यस दिनलाई आमाको मुख हेर्ने दिन भनिन्छ ।

आजको दिन बिहानै उठेर नित्य कर्म गरिसकेपछि आमासँगै हुनेहरुले आमालाई उपहार प्रदानगर्ने, मिष्ठान्न भोजन खुवाई आमाको मुख हेर्ने र आशीर्वाद लिने गरिन्छ ।

विवाह गरेरे आफ्नो घर गएका छोरीहरु पनि आमाको मुख हेर्न टाडा टाडाबाट भेट्न आउछन् । आमालाई भेट्न नपाउनेहरुले फोनबाट वा सामाजिक सञ्जालमार्फत आमालाई सम्झिने गर्दछन् ।

पौराणिक कालदेखि नै मनाउँदै आएको आमाको मुख हेर्ने दिन आमाले गरेका महान् कष्ट र पूर्णकामहरुको सम्झना गरिन्छ ।

आमा नभएकाहरूले पनि आमाको आत्माको मुक्तिको कामना गर्दै आज श्राद्ध तर्पण गरी मातृत्वको स्मरण गर्दछन् । आज काठमाडौं उपत्यकाका नेवार समुदायले भने भक्तपुरको हनुमानघाट पुगी आमाको सम्झनामा परम्परा अनुसार श्राद्ध तर्पण गर्दछन् ।

मातातीर्थ औंसीका दिन काठमाडौंको थानकोट नजिकै अवस्थित मातातीर्थमा धुमधामका साथ मेला लाग्ने गर्दथ्यो, तर यस वर्ष भने कोरोना महामारीको संकटका कारण मेला लाग्ने छैन ।

तीर्थाटनमा सहभागीहरुले मातातीर्थ कुण्डमा स्नान गर्दछन् । जनश्रुति अनुसार पहिले मातातीर्थमा गोठालाहरुले गाईवस्तुहरु चराउने मैदान थियो । एक दिन त्यो मैदानमा एउटा गोठालाले फ्याँकेको रोटीको टुक्रा अनाचक हराउन पुग्यो । त्यो घटनाले गोठालाहरु अचम्मित भए ।

गोठालाले पुन अरु रोटीका टुक्राहरु पनि फ्याँके । ती टुक्राहरु क्रमशः हराउँदै गए । ती गोठालाहरु मध्ये एउटाको आमा थिइन् भने अरुका आमा थिएनन् । तर आमा हुने गोठालाले फालेको रोटीको टुक्रा भने हराएनन् । आमा नहुने गोठालाहरुले फ्याँकेका रोटीका टुक्रामात्रै हराए । उक्त दिन बैशाख कृष्णपक्ष औंशी थियो । यो कुरा अरु गाउँलेहरुले पनि थाहा पाए ।

गाउँलेहरुले उक्त दिन मृत्यू भइसकेका आमाले छोराछोरीले दिएका चिज खाँदा रहेछन् भन्ने विश्वास गरे । हरेक वर्ष उक्त औंशीका दिन मातातीर्थको चौरमा आमाको मृत्यू भइसकेकाहरुले विभिन्न मिष्ठान भोजन लगेर चढाउन थाले ।

पछि त्यहाँ एउटा कुण्ड समेत बनाइयो र मातातीर्थका नामले प्रचलनमा ल्याइयो । यसरी हरेक बर्ष आमा नहुनेहरुले मातातीर्थमा गई त्यहाँको कुण्डमा नुहाउने र मृतक आमाका नाममा मीठामीठा खाद्यपदार्थ चढाउने प्रचलन कायम भयो । आमाप्रतिको श्रद्धास्वरुप मातातीर्थमा ‘साझा आमा’ को मूर्ति समेत स्थापना गरिएको छ।

मातातीर्थ औंशीजन्म दिने आमाप्रति आदर व्यक्त गर्न पौराणिक कालदेखि मनाइदै आएको पर्व हो । आजको दिन आमाले गरेका महान् कष्टपूर्ण कामहरुको सम्झना गरिन्छ ।

आजको दिन आमाप्रति सम्मान र आमालाई सम्झने दिन हो । देवीको प्रतिरुप, ममताकी खानी र वालापनामा हाम्रा हरेक इच्छा, आकांक्षा पूरा गरिदिने कल्पवृक्ष सरी यस पृथ्वी लोकका सम्पूर्ण आमाहरुलाई कोटी–कोटी नमन छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट