Techie IT
  • २०८१ जेष्ठ २, बुधबार

द्वन्द्वग्रस्त देश यमनमा पानीको हाहाकार, बढ्दो तापक्रमले थप समस्या


द्वन्द्वग्रस्त देश यमनमा पानीको हाहाकार भएको छ । यमन सन् २०१५ मा इरान समर्थित हुथी विद्रोही र अपदस्थ सरकारलाई समर्थन गर्ने साउदी अरब नेतृत्वको गठबन्धनबीच द्वन्द्व सुरु हुनुअघि नै विश्वको सबैभन्दा धेरै पानीको अभाव भएको देशको सूचीमा रहेको थियो । युद्ध र जलवायु परिवर्तनको विकराल अवस्थाले त्यहाँ पानीको समस्यालाई थप बढाएको छ । युद्धका कारण महत्त्वपूर्ण पूर्वाधारमा क्षति पुगेको छ भने बढ्दो तापक्रमका कारण पानीको आपूर्तिमा निक्कै असर परेको छ । संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) का अनुसार यमनको भूमिगत जलमा दोब्बर दरमा ह्रास भैरहेको छ । पानी अभावका कारण विद्यालय जाने उमेर समूहका बालबालिकालाई पानीको जोहो गर्नुपर्ने बाध्यता छ । यमनका लागि आईसीआरसीको प्रतिनिधिमण्डलका उपप्रमुख वेहबेका अनुसार विशेष गरी बालबालिका जोखिममा छन् । पानीको अभावले गर्दा थुप्रै आमाबुबालाई पानी पाउन आफ्ना छोराछोरीको मद्दत चाहिन्छ । विद्यालय जानुको साटो उनीहरू आफ्नो परिवारका लागि घन्टौँ कुरेर पानी जम्मा गर्न बाध्य रहेका समाचार संस्था एएफपीले जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट