Techie IT
  • २०८१ जेष्ठ २, बुधबार

यो संसद् शीर्ष पार्टीका सात/आठ जना प्रतिनिधि भएपनि चल्नेरैछ, हाम्रा आवाजहरू समेटिँदैनन्: सीके राउत


काठमाडौं, १ असार । जनमत पार्टीका सांसद् डा. सीके राउतले बजेट शीर्ष नेताहरूको जिल्लामा थुपारिएको बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै राउतले बजेट बनाउँदा शीर्ष राजनीतिक दलका नेतृत्वकर्ता र मन्त्रीहरूको जिल्लामा बजेट थुप्रिएको बताएका हुन् । राउतले भने, ‘बजेट बनाउँदाखेरी निर्माणकर्ताको जिल्लामा बजेट थुप्रिएको छ । अधिकांश बजेट प्रधानमन्त्री, कांग्रेस पार्टी सभापति,अर्थमन्त्री र मन्त्रीको जिल्लामा थुप्रिएको छ । मलाई त लाग्दैछ सांसद् बन्नै नहुने बनेपनि सांसद् र मन्त्री हुनुपर्ने अभाष हुन थालेको छ ।’ मधेश प्रदेशलाई देशभरको करिब साढे ४ प्रतिशत बजेट मात्रै छुट्याइएको बताए । राउतले भने,ु मधेश प्रदेशले जति राजस्व दिएको छ, त्यसको २० प्रतिशत बजेट पनि मधेशमा फिर्ता गएको छैन । मधेशमा औपनिवेशीक शासन लादिएको छ ।’ राउतले बजेटमाथि छलफल गर्नुको कुनै अर्थ नदेखिएको बताए । राउतले भने,‘बजेटमा एक महिना बहस हुँदा पनि कमा र फुलस्टप परिवर्तन हुँदैन । संसद् निरीह बनेको छ । ममा कुनै उत्साहनै छैन । सरकारमा काग कराउँदै गर्छ पिना सुक्दै गर्छ भन्ने प्रवृत्ति छ । छलफल गर्दा पनि केहि नहुने खालको अवस्था छ । यो संसद् शीर्ष पार्टीका ७÷८ जना प्रतिनिधि भएपनि चल्नेरैछ । किन भने यहाँ हुन्छ र हुन्न भन्ने बाहेक केहि हुँदैन । हाम्रा आवाजहरू समेटिदैनन् ।’ बजेट ल्याएको हो कि बजेट लुटेको हो स्पष्ट नदेखिएको बताए । राउतले भने,‘बजेट बनाएको होइन,ल्याएको होइन,बजेट देख्दा लुटेको जस्तो देखिन्छ । यो सरकारले लुट्ने क्रम जारी राखेको छ । वैशाखमा बारामा मतपेटिका लुटे,र अहिले जेठमा आएर बजेट लुट्ने काम भइरहेको छ । लुट्ने प्रवृत्ति क्रमिकरुपमा जारी नै छ ।’ बजेटमा रोजगारी,कृषिका कार्यक्रम प्राथमिकतामा नपारिएको बताए । राउतले भने,‘बजेट भिजनबिहीन,दृष्टिनै नभएको जस्तो भयो ।’



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट