Techie IT
  • २०८१ जेष्ठ १७, बिहीबार

लिटरमै सात रुपैंयाले घट्यो पेट्रोलको मूल्य


काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य समायोजन गरेको छ ।  

निगमको सञ्चालक समितिको बैठकले पेट्रोलको मूल्य प्रतिलिटरमा ७ रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा ५ रुपैयाँले घटाएको हो ।  

निगमले बुधबार जारी गरेको एक विज्ञप्तिअनुसार इण्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यसूची अनुसार इन्धनको मूल्यमा समायोजन गरिएको र समायोजित मूल्यसूची बुधबार (आजै) राति १२ बजेदेखि लागू हुनेछ ।

मूल्य समायोजनपछि अब पेट्रोलको अधिकतम मूल्य प्रतिलिटर १७८ बाट घटेर १७१ रुपैयाँ कायम भएको छ । काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रका ग्राहकले पेट्रोललाई प्रतिलिटर १७१ तिर्नुपर्नेछ ।  

यस्तै, यही क्षेत्रका ग्राहकले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५९ रुपैयाँ तिर्दै आएकोमा घटेर १५४ रुपैयाँ कायम भएको छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट