Techie IT
  • २०८१ जेष्ठ २, बुधबार

राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य स्थिर


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य स्थिर रहेको छ । मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले पौडेलको स्वास्थ्य स्थिर र मुटुको चालको निगरानी भइरहेको जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेल मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत छन्। मंगलबार मात्र उनको मुटुको दाहिनेतर्फको एउटा नसा ७० प्रतिशत बन्द भएपछि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा एनजिओप्लास्टी गरिएको थियो। त्यसको भोलिपल्ट डिस्चार्ज भएका उनी दुई दिनपछि मनमोहन अस्पतालमा भर्ना भएका हुन्। शनिबार बिहान पौडेललाई चक्कर लागेपछि अस्पताल लगिएको थियो। चिकित्सकका अनुसार एनजिओप्लास्टी गरेपछि थप जटिलता देखिएकाले पुनः अस्पताल भर्ना भएका हुन्। राष्ट्रपति पौडेलले एक दशकदेखि केही औषधि नियमित रूपमा सेवन गर्ने गरेको पाइएको छ। उच्च स्रोतका अनुसार पौडेललाई कोलेस्ट्रोल, ग्याष्ट्रिक र दमको समस्या छ र, एम्सका चिकित्सकको सल्लाह अनुसार नियमित औषधि खाइरहेका छन् ।    



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट