Techie IT
  • २०८१ जेष्ठ २, बुधबार

बाढीमा परेर पाँचथरमा ६ जना बेपत्ता : पाँचथर र ताप्लेजुङ जोड्ने हेवा खोलाको पुलमा क्षति


काठमाण्डाै । निरन्तरको वर्षासँगै आएको बाढीले पाँचथरमा ६ जना बेपत्ता भएका छन् । हेवा खोलामा आएको बाढीले फिदिम र फालेलुङमा गरी ६ जना बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । हेवा खोलाको बाढीमा हिलिहाङ–७ का दिलकुमार तामाङ र फिदिम–१० का सन्जोग लोवा बेपत्ता हुनुभएको छ । तामाङ र लोवा हेवा ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत हुनुहुन्छ । त्यस्तै, बाढीले फिदिम–४ हेवाखोलामा गिट्टी कुटेर गुजारा चलाउँदै आएका एक जना, फालेलुङ–३ मा एक जना र फिदिम–४ माँझीटारमा दुई जना बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी हरि खतिवडाले जानकारी दिनुभएको छ । बेपत्ताहरूको परिचय खुल्न बाँकी छ । उनीहरुको खोजी भइरहेको छ । बाढीले मेची राजमार्गअन्तर्गत पाँचथर र ताप्लेजुङ जोड्ने हेवा खोलाकाे पुल बगाएको छ । यस्तै, फालेलुङ गाउँपालिकाको लुमाङदिन र घुमाउनेमा दुईवटा मोटरेबल र एउटा झोलुङ्गे पुल बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । यस्तै, याङ्वरक गाउँपालिका ३ र २ मा केही घर बगेका छन् । यसबारे क्षतिको विवरण आउन बाँकी छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट