Techie IT
  • २०८१ जेष्ठ २, बुधबार

चीनलाई ‘विकासशील देश’को दर्जाबाट अलग्याउने अमेरिकी दाउ, कस्तो पर्ला प्रभाव ?


अमेरिकी सिनेटबाट कानुन अनुमोदन भएपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले अब विश्व व्यापार संगठन (डब्ल्यूटीओ) जस्ता बहुपक्षीय संगठनहरुलाई चीनको अर्थतन्त्रलाई ‘विकसित अर्थतन्त्र’को दर्जा दिन तयार पार्ने प्रयास गर्नेछन्। अमेरिकी सिनेटको विदेश सम्बन्ध समितिको पहलमा चीनको विकासोन्मुख देशको हैसियत खोसेको हो।चीनले अमेरिकाको यो कदमलाई एसियाली मुलुकको विकासलाई दबाउनको षड्यन्त्रका रुपमा हेरिरहेको छ।
काठमाडौं। अमेरिकाले चीनलाई ‘विकासशील देश’ को दर्जाबाट अलग्याउने दाउ चालेको छ । आर्थिक मोर्चामा अमेरिकाले चीनलाई यसबाट ठूलो झट्का दिने तयारी गरिरहेको छ। अमेरिकी सिनेटले यस सम्बन्धमा नयाँ कानुनलाई अनुमोदन गरेको छ। जसअन्तर्गत अमेरिकाले अब चीनबाट विकासशील देशको दर्जा खोस्ने तयारी गरेको हो। अमेरिकाको यो कदमले चीनमा ठूलो असर पार्नेछ। चीनले अब विश्व बैंक र अन्य वित्तीय संस्थाबाट सहज र कम ब्याजदरमा ऋण लिन सक्ने छैन। विकासोन्मुख राष्ट्रको हैसियतले चीनले सस्तो ऋण सहजै पाउन्थ्यो। तर, चीनमाथि महँगो ऋण दिएर विश्वका गरिब देशलाई ऋणको जालमा फसाएको आरोप लागेको छ। अमेरिकी सिनेटबाट कानुन अनुमोदन भएपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले अब विश्व व्यापार संगठन (डब्ल्यूटीओ) जस्ता बहुपक्षीय संगठनहरुलाई चीनको अर्थतन्त्रलाई ‘विकसित अर्थतन्त्र’को दर्जा दिन तयार पार्ने प्रयास गर्नेछन्। अमेरिकी सिनेटको विदेश सम्बन्ध समितिको पहलमा चीनको विकासोन्मुख देशको हैसियत खोसेको हो।चीनले अमेरिकाको यो कदमलाई एसियाली मुलुकको विकासलाई दबाउनको षड्यन्त्रका रुपमा हेरिरहेको छ। सिनेटले अब चीनलाई विकासोन्मुख देशहरुले पाउने सबै सुविधा दिन नसकिने जनाएको छ। चीनको अर्थतन्त्र २० ट्रिलियन डलरको छ र चीनले विश्वका धेरै देशमा अर्बौं डलर लगानी गरेको छ। जसका कारण अब चीनले विकासोन्मुख देशका सबै सहुलियत पाउने छैन। किनकि चीनले विकासोन्मुख राष्ट्रको हैसियतको दुरुपयोग गरिरहेको अमेरिकाको निष्कर्ष छ। ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ मा चीनले सस्तो दरमा लिएको ऋण प्रयोग भएको थियो। योसँगै चीनले गरिब देशलाई महँगो दरमा ऋण दिएर फसेको अमेरिकी सिनेटको ठहर छ। ‘त्यसपछि चीनले उनीहरुको जग्गा र संस्था कब्जा गरिरहेको छ’, सिनेटले भनेको छ। यदि अमेरिकाले अन्तर्राष्ट्रिय संस्थाहरुलाई चीन अब विकासशील अर्थतन्त्र छैन भनी विश्वास दिलायो भने राष्ट्रपति सी जिनपिङको सरकारलाई ठूलो प्रहार हुनेछ। किनकि कोभिडदेखि चीनको अर्थतन्त्र कठिन अवस्थामा छ र यसको गति निकै सुस्त छ। अब अमेरिकाको यो कदमले यसको अर्थतन्त्रको गति अझै सुस्त हुन सक्छ। विकसित मुलुकमा उन्नत औद्योगिकीकरण, उच्च स्तरको आर्थिक समृद्धि, राम्रो पूर्वाधार र प्राविधिक प्रगतिका साथै नागरिकको जीवनस्तर उच्च हुन्छ। यस्ता देशमा सामान्यतया राम्रोसँग स्थापित उद्योग, बलिया संस्था र व्यापक सामाजिक कल्याण प्रणालीका साथै उच्च साक्षरता दर र गुणस्तरीय स्वास्थ्य सेवा हुन्छन्। –एजेन्सी


तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट