Techie IT
  • २०८१ जेष्ठ २, बुधबार

इन्टेलले इजरायलमा २५ अर्ब डलर बराबरको लगानी गर्ने


काठमाडौं । चिप बनाउने अमेरिकाको बहुराष्ट्रिय कम्पनी इन्टेलले इजरायलमा २५ अर्ब अमेरिकी डलर बराबरको लगानी गर्ने भएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूका प्रविधिको क्षेत्रमा देशको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय लगानीको रूपमा इन्टेलको यो लगानी हुने भएको हो । इजरायली शहर किरियत ग्याटमा नयाँ उत्पादन लाइन २०२७ मा खुल्ने अपेक्षा गरिएको छ । कम्तीमा २०३५ सम्म सञ्चालन हुनेछ । हजारौँ मानिसहरूलाई रोजगारी प्रदान गरिने त्यहाँको अर्थ मन्त्रालयले जनाएको छ । सम्झौता अन्तर्गत इन्टेलले साढे सात प्रतिशत कर तिर्नेछ । इन्टेलका अनुसार इजरायलको सबैभन्दा ठूलो निजी नियोक्ता र निर्यातकर्ता भएको छ । पाँच दशकदेखि सञ्चालनमा रहेको इन्टेलले इजरायमा आधारित मोबाइलआइ ग्लोबलको अधिग्रहण गरेको छ । उन्नत ड्राइभर–सहायता प्रणालीको विकास र प्रयोगमा केन्द्रित रहेको मोबाइलआईलाई सन् २०१७मा १५ अर्ब अमेरिकी डलरमा इन्टेलले किनेको थियो ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट