Techie IT
  • २०८१ जेष्ठ २, बुधबार

यसरी भएको थियो 'समाजवादी मोर्चा'को तयारी


काठमाडौं, ३ जेठ । सरकारमा सहभागि दलहरु पुष्पकमल दाहाल नेतृत्वको नेकपा (माओवादी केन्द्र), माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी), उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र सरकार बाहिर रहेको नेत्रविक्रम चन्द नेतृत्वको नेकपालगायतका राजनीतिक दलले समाजवादी मोर्चा निर्माणमा सहमति जुटाएपछि आगामी सत्ता समिकरण कसरी अघि बढ्ला भन्ने राजनीतिक बृत्तमा चसो बढेको छ । वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान पार्टीलाई पनि सहभागी गराउने प्रयासमा नेताहरु जुटिरहेका छन् । यद्यपि उनलाई समाजवादी मोर्चामा जानबाट रोक्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्मर कसेर लागेका छन् । दलहरूले कार्यदल नै गठन गरेर दस्ताबेजको मस्यौदा तयार पारेका हुन् । माओवादीका कृष्णबहादुर महरा, एकीकृत समाजवादीका प्रवेश हमाल र जसपाका राजेन्द्र श्रेष्ठले मोर्चाको अवधारणा दस्ताबेजलाई अन्तिम रूप दिएका हुन् । भविष्यमा पार्टी एकताको लक्ष्यसहित संसद्का चार र बाहिरको एक राजनीतिक दल मिलेर समाजवादी मोर्चा गठनको अन्तिम तयारी गरेका छन् । रातारात केही 'गडबडि' नभए मोर्चा भोलि (सोमबार) काठमाडौंमा एक कार्यक्रमबीच घोषणा हुँदैछ । समाजवादी मोर्चा बनको खण्डमा दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा ५४ सिटसहित तेस्रो निर्णायक शक्ति बन्न सक्छ । सरकारको स्थायित्व र गठन–विघटनमा मोर्चाविना जटिल समीकरण हुनेछ । माओवादीका ३१, जसपाका १२ र एकीकृत समाजवादीका १० र नेपाल समाजवादी पार्टीका एक जना सांसद छन् । कांग्रेसका ८९ र एमालेका ७९ सांसद छन् । मोर्चामार्फत तत्कालका लागि सत्ता सञ्चालनमा प्रभाव देखाउने र दीर्घकालीन रूपमा पार्टी एकतासम्मको लक्ष्य नेताहरूको छ । एमाले र माओवादी मिलेर बनेको तत्कालीन नेकपाको एकता २३ फागुन ०७७ मा सर्वोच्चको फैसलाले भंग भएदेखि नै समाजवादी मोर्चाको पहल भएको थियो । त्यतिवेला तत्कालीन एमालेको माधव नेपाल समूह र जसपाका तत्कालीन संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई समूहसहित मोर्चा बनाउने तयारी थियो । तर, सफल नभएपछि नेपालको नेतृत्वमा एकीकृत समाजवादी र भट्टराईको नेतृत्वमा नेपाल समाजवादी पार्टी गठन भएको थियो । ‘समाजवादी मोर्चा’ घोषणा हुने भएपछि केपी ओलीमा छटपटी, वामदेवसँग वार्ता गर्दे



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट