Techie IT
  • २०८१ जेष्ठ २, बुधबार

एमाले सचिव योगेश भट्टराईलाई ताप्लेजुङ प्रवेशमा रोक लगाउने पहिचानवादीहरुको घोषणा


काठमाडौं, ३ असार । नेकपा (एमालेका) सचिव योगेश भट्टराईलाई गृहजिल्ला ताप्लेजुङ प्रवेशमा रोक लगाउने पहिचानवादीहरुले घोषणा गरेका छन्। कोशी प्रदेशको नामकरणलाई लिएर आन्दोलन गरिरहेका पहिचानवादीहरुले सचिव भट्टराईले आन्दोलनप्रति नकारात्मक टिप्पणी गरेको भन्दै रोक लगाएको बताएका छन्। उक्त अभिव्यक्तिलाई फिर्ता लिएर आम पहिचानवादीहरुसँग माफी माग्नुपर्ने उनीहरुको भनाइ छ। आदिवासी जनजातीसँग सम्बन्धित विभिन्न १० वटा संस्थाहरुले संयुक्त विज्ञप्ति निकाल्दै यस्तो घोषणा गरेका हुन्। उनीहरुले भनेका छन्, ‘एमाले भट्टराईले पहिचानको आन्दोलनलाई अपहेलित, घृणा र हिंसात्मक क्रूर अभिव्यक्ति थपेर पार्टी अध्यक्षको उग्रतालाई पछ्याएका छन्। ताप्लेजुङबाट प्रतिनिधि सभाको लागि निर्वाचित सांसद भट्टराई चुनावी घडीमा ताप्लेजुङ जिल्लामा तिनै पहिचानवादी नागरिक समुदाय सर्वसाधारण जनताहरुको घर घरमा पहाड कुना कन्दरा गाउँबस्ती बस्ती पुगेर सेवारो, फ्याफुल्ला, टासिदेले, जोजोलोप्पा, भन्दै विभिन्न भाषीक, धार्मिक, सांस्कृतिक, समुदा पहरुको, पहिचानलाई राज्यको टेबुलमा सम्बोधन गर्नेछु भनि भोट मागेका हुन्। निर्वाचन जितेर राज्यको टेबुलमा पुगेपछि ती सब कुराहरु बक्यौता, बकवास, झुट, बनाउँदै आर्यघाटमा दाहसंस्कार गरेका छन्। उल्टै प्रदेश नं १ मा राजनैतिक न्यायको माग उठाइरहने नागरिक समुदायदायहरुलाई ठिक लगाउने, सहिद लाजेहाङ लिम्बूको सहादतप्रति नकारात्मक हिंसात्मक टिप्पणी पेस गर्ने, पहिचानको आन्दोलनलाई दबाउन एमाले पार्टीको शक्ति तयार रहेको अति निन्दनीय अभिव्यक्तिले प्रदेश नं १ पुन(नामकन संयुक्त संघर्ष समितिको गम्भीर आपत्ति जनक ध्यानाकर्षण भएको छ।’



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट