Techie IT
  • २०८१ जेष्ठ २, बुधबार

ज्ञानेन्द्र शाहीलाई सदनमा नभई रत्नपार्क वा जुम्लामा गएर राजतन्त्रको वकालत गर्न राजन दाहालको चेतावनी


काठमाडौँ, २८ जेठ । नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहाल (राजन)ले राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई संसदमा राजतन्त्रको वकालत नगर्न चेतावनी दिएका छन्। आइतबारको प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद दाहालले राप्रपा प्रमुख सचेतक शाहीले संसद बैठकमा अराजकता देखाएको बताए। उनले यो संसदले राजतन्त्रलाई नचिन्ने भन्दै शाहीलाई संविधान र गणतन्त्र मान्न आग्रह गरे। उनले संसद् राजसंस्थाको पैरवी गर्ने ठाउँ नभएको भन्दै रत्नपार्क र जुम्लामा गएर राजसंस्थाको पक्षमा आमसभा गर्न आग्रह गरे। सांसद दाहालले शाहीले प्रतिनिधिसभा बैठकको अन्तिममा नियमापत्ति गरेर आफ्नो कुरा राखेकोप्रति असन्तुष्टि व्यक्त गरे। नियमापत्तिभन्दा बाहिर गएर अभिव्यक्ति दिएको भन्दै उनले संसदीय नियमावलीभन्दा बाहिर गएर बोलेको उल्लेख गरे। सभामुखले समेत नियमावलीभन्दा बाहिर गएर शाहीलाई बोल्न दिएको उनको भनाइ छ। उनले संसद बैठक सञ्चालन गर्न सभामुखले कमजोरी गरिरहेको भन्दै आफ्नो कमजोरी सच्याउन पनि आग्रह गरे। उनले भने, ‘यो सदनले राजतन्त्र चिन्दैन। उनी रत्नपार्कमा भाषण गर्न सक्छन्। जुम्लामा आमसभा गर्न सक्छन्। हामीलाई राजसंस्था चाहियो भनेर आफ्नो मुद्दा राख्न सक्छन्। सदन आफ्नो मुद्दा राख्ने ठाउँ होइन। आफ्नो मुद्दाको पैरवी गर्ने ठाउँ होइन। त्यो पनि राजसंस्थाको।’



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट