Techie IT
  • २०८१ जेष्ठ २, बुधबार

सिंहदरबार प्रवेश गर्न अब अनलाइनबाटै पास


काठमाडौं । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज र प्रविधिमैत्री बनाउन अनलाइनबाटै प्रवेश पासको व्यवस्था गरिएको छ । कामका लागि सिंहदरबार प्रवेश गर्नेहरुलाई थप सहज र प्रविधिमैत्री बनाउने उद्देश्यले आजदेखि ई–गेट पास प्रणाली सञ्चालनमा ल्याइएको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार ई–गेट पासका लागि वेबसाइटमा क्युआर कोडसहितको पास अनुरोध गर्नुपर्ने हुन्छ । मन्त्रालयबाट अनुरोध स्वीकृति भइसकेपछि मात्रै ई–गेट पास जारी हुनेछ र त्यो पास साथमा लिएर सिंहदरबार प्रवेश गर्न सकिने मन्त्रालयले जनाएको छ ।

ई–गेट पासका लागि वेबसाइट ‘सिंहदरबार पास डट जिओभी डट एनपी’ गएर आवेदन दिएर प्राप्त गर्न सकिनेछ । परीक्षणपछि सिंहदरबारभित्र रहेका सबै मन्त्रालयरनिकायका लागि ई–गेट पास प्रणाली प्रयोग हुने मन्त्रालयले जनाएको छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट