Techie IT
  • २०८१ जेष्ठ ३, बिहीबार

बझाङमा कांग्रेस एमालेभन्दा २५९ मतले अगाडि


काठमाडौं । बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । अहिलेसम्म २३ हजारभन्दा बढी मत गणना हुँदा नेपाली कांग्रेसका अभिषेक बहादुर सिंहले ८ हजार ८ सय ७४ र नेकपा एमालेका दमन बहादुर भण्डारीले ८ हजार ६ सय १५ मत ल्याएका छन् । कांग्रेसका उम्मेदवार सिंह एमालेका उम्मेदवार भण्डारीभन्दा २ सय ५९ मतले अगाडि छन्।

त्यस्तै, माओवादीका जनक बहादुर बुढाले ३ हजार २ सय १५ र एकीकृत समाजवादीका दिल बहादुर सिंहले २ हजार ३ सय १० मत ल्याएका छन् । बझाङमा अस्ति शनिबार भएको उपचुनावमा ३० हजारभन्दा धेरै मत खसेको थियो ।

२०७९ मा भएको चुनावमा यस क्षेत्रमा कांग्रेसका पृथ्वी बहादुर सिंहले १७ हजार १ सय १२ मत ल्याएर निर्वाचित भएका थिए । एमालेका अफिलाल ओखेडाले १३ हजार ३ सय ३६ मत ल्याएका थिए । 

 


 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट