Techie IT
  • २०८१ जेष्ठ २, बुधबार

क्यानडामा डढेलो लाग्दा न्यूयोर्क बन्यो संसारकै प्रदूषित शहर


क्यानडाको जंगलमा डढेलो लागेको कारण छिमेकी देश अमेरिकामा वायु प्रदुषण बढेको छ। आइक्यूएयरका अनुसार बुधबार अमेरिकाको न्युयोर्क सहर संसारकै सबैभन्दा प्रदुषित वायु भएको सहर रहन गएको छ। डढेलोले एकहप्ता यता उत्तरपूर्वी अमेरिका र मध्य एट्लान्टिक शहरमा प्रदूषण बढाएको छ । मंगलबारदेखि नै न्युयोर्कको वायु खतराको तहमा पुगेको हो। द न्युयोर्क टाइम्सका अनुसार मिनिसोटादेखि म्यासाच्युसेट्ससम्म अमेरिकी राज्यहरूले वायु प्रदुषण खतरापूर्ण रहेको सजगता अपनाउन नागरिकहरूलाई सूचना जारी गरेका छन्। उत्तरी अमेरिकाका विभिन्न सहरमा केहीदिन देखि तुँवालो लागेको छ। क्यानडाका ओन्टोरियो, ओटावा र टोरोन्टो सहरलाई पनि प्रदुषणको वायुले ढपक्कै छोपेको छ। ओन्टोरियो क्षेत्रमा अहिले १६० भन्दा बढी ठाउँमा डढेलो लागेको बिबिसीले उल्लेख गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट