Techie IT
  • २०८१ जेष्ठ २, बुधबार

क्रिकेट रंगशालाको नाममा छुट्याइएको बजेट कनिका छरेजस्तोः तोसिमा कार्की


काठमाडौं,, ३२ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले क्रिकेट रंगशालाको नाममा छुट्याइएको बजेट कनिका छरेजस्तो भएको बताएकी छिन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा युवा तथा खेलकुद मन्त्रालयको विनियोजित बजेटको छलफलमा बोल्दै उनले यस्तो बताएकी हुन् । ‘निर्माणतर्फको खेलकुद बजेट हेर्दा क्रिकेटमय भएको हो कि जस्तो देखिन्छ,’ उनले भनिन्, ‘तर, त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने र थप ४ वटा क्रिकेट रंगशाला बनाउने बजेटमा उल्लेख गरिएको छ। विराटनगर क्रिकेट रंगशालालाई ४ करोड, धनगढी फाप्लाका लागि १ करोड, शुवर्णशम्शेर क्रिकेट रंगशालाको डिपिआरका लागि ५० लाख, भैरवा क्रिकेट रंगशालालाई ४० लाख यसरी कनिका छरेजस्तो क्रिकेट रंगशालाको नाममा बजेट छर्ने काम मात्रै भएको छ ।’ बजेट हेर्दा अधिकांश योजनाहरू सुरु मात्र गर्ने, अव्यवस्थित बनाउने र अलपत्र बनाउने सरकारको योजना देखिएको उनले बताइन् । निर्माणाधीन क्रिकेट रंगशाला पूरा नगरी अन्य रंगशालाको नाममा बजेट छुट्याउने सरकारको निर्णय गलत भएको उनको भनाइ छ । ‘डेढ दशकयता निर्माण थालिएको मुलपानी क्रिकेट रंगशालाले पूर्णता अझै पनि पाएको छैन,’ उनले भनिन्, ‘हरेक आर्थिक वर्षमा रकम छुट्याउने काम हुन्छ तर काम हुँदैन । त्यस्तै गौतम बुद्ध रंगशाला पनि अलपत्र छ । वर्षौँसम्म एउटा पनि रंगशाला निर्माणको काम पूरा गर्न नसकिनाले अन्तर्राष्ट्रिय स्तरमा नै नेपालको बेइज्जत भएको छ । यो अवस्थामा थप क्रिकेट रंगशाला बनाउन बजेट छुट्याइरहेको छौँ । यो सरकारको निर्णय सहि छैन ।’ चितवनको गौतम बुद्ध रंगशालालाई १ लाखमात्रै छुट्याइएको भन्दै उनले असन्तुष्टि समेत पोखिन् । सरकारले धुर्मुस सुन्तली फाउन्डेशनले छाडेपछि सरकारले स्वामित्व लिन्छु भनेर घोषणा भएता पनि काम नभएको उनले बताइन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट