Techie IT
  • २०८१ वैशाख २९, शनिबार

नेपालले जित्यो मलेसियाविरुद्धको टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज


काठमाडौं, २१ जेठ । नेपालले घरेलु टोली मलेसियाविरुद्धको पाँच खेलको टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज जितेको छ । आइतबार भएको अन्तिम खेलमा नेपालले मलेसियालाई ३ विकेटले पराजित गर्दै नेपालले सिरिज ३–२ ले जितेको हो । अन्तिम खेलमा जितका लागि चाहिएको ११० रनको लक्ष्य नेपालले १९ ओभर २ बलमा ७ विकेट गुमाएर पूरा गर्‍यो । नेपालका लागि सिता राना मगरले ३४ रन बनाइन् । कप्तान रुविना क्षेत्रीले २३ रनको योगदान गरिन् । अप्सरी बेगमले १५ रन जोडिन् । मलेसियाका लागि आइना हसिमले २ तथा महिरन इस्माइल, विनिफ्रेड अन्नी, आइस्या इलिसा र नुर डानियाले १–१ विकेट हात पारे । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा रन १ सय ९ जोड्यो । मलेसियाका लागि वान जुलिया रोस्दीले रन ४७ तथा महिराह इस्माइलले २० रन बनाए । विनिफ्रेड अन्नी २४ रनमा आउट भइन् । नेपालका लागि कविता जोशीले २ तथा इश्वरी विष्टले १ विकेट लिए ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट