Techie IT
  • २०८१ जेष्ठ ८, मंगलबार

कोशीका मुख्यमन्त्री विरुद्दको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश


काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा आज न्यायाधीश हरिप्रसाद फुयालले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । सर्वोच्चले यस विषयमा आउँदो जेठ ९ गते बुधवार सुनुवाइको मिति तोक्दै दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

निवर्तमान मुख्यमन्त्री केदार कार्कीले मुख्यमन्त्रीमा नियुक्त हिक्मतकुमार कार्कीको नियुक्ति बदर गर्न र आफूलाई मुख्यमन्त्रीको जिम्मेवारी बहाल गर्न दिन अन्तरिम आदेश माग गर्दै हिजो रिट दायर गरेका थिए । नेकपा एमालेका कोशी प्रदेश सभा संसदीय दलका नेता हिक्मतकुमार कार्की हिजै प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट