Techie IT
  • २०८१ जेष्ठ ७, सोमबार

दुवै जसपाको छुट्टा–छुट्टै बैठक काठमाडौंमा जारी


काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) को छुट्टा–छुट्टै बैठक काठमाडौंमा बसिरहेको छ ।  

जसपा नेपालले बैठक ललितपुरको ज्यापु प्रज्ञा भवनमा राखेको छ भने जसपाले बैठक बसेर होटलमा राखेको छ ।

पार्टी विभाजनपछिको अवस्थाबारे छलफल गर्ने र अगामी कार्यनीतिको विषयमा छलफल गर्न जसपा नेपालका अध्यक्ष यादवले केन्द्रीय समितिको बैठक बोलाएका हुन् । बैठकमा नेताहरूले पार्टी विभाजनको समीक्षा गरिरहेका छन् ।

यसैगरी अशोक राई नेतृत्वको जसपाको पदाधिकारीको बैठकले अगामी रणनीतिको बारेमा छलफल गरिरहेको छ ।

जसपा नेपालका अध्यक्ष यादवले निर्वाचन आयोगले पार्टी दर्ताको मान्यता दिएको विरुद्दमा अदालत जाने घोषणा गरेका छन् । त्यसको बचाउमा पनि जसपा लागेको छ । जसपाले पनि कानुनी परामर्शमा रहेको बताएको छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट