Techie IT
  • २०८१ वैशाख ३०, आइतबार

क्रिकेट खेलाडीहरूलाई जनही ६ लाख रुपैयाँ दिने सरकारको निर्णय


काठमाडौं, २० वैशाख । सरकारले एसीसी क्रिकेट प्रतियोगितामा विजयी क्रिकेट खेलाडीहरूलाई जनही ६ लाख दिने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले विजयी क्रिकेट खेलाडी र मुख्य प्रशिक्षकलाई जनही ६ लाख र अन्य टिम अफिसियललाई जनही तीन लाख दिने निर्णय भएको सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्। मन्त्रिपरिषद्को बैठकले त्रिवि क्रिकेट मैदानलाई अन्तराष्ट्रिय स्तरको बनाउन आगामी आर्थिक वर्षको बजेट विनियोजनमा विशेष प्राथमिकतामा राख्ने निर्णय भएको मन्त्री शर्माले जानकारी दिइन्। मंगलबार नेपालले एसीसी प्रिमियर कप क्रिकेटमा ऐतिहासिक जित निकाल्दै नेपालले एसिया कपमा स्थान बनाएको थियो। युएईलाई ७ विकेटले पराजित गर्दै नेपालले एसिया कपमा स्थान बनाएको हो। नेपालले आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपमा स्थान सुरक्षित गरेको छ। एसिया कपमा स्थान बनाएको नेपालले समूह एमा भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। समूह बीमा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन्। सन् १९८४ मा सुरु एसिया कपको १६ औं संस्करणमा नेपालले पहिलो पटक सहभागिता जनाउने छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट