Techie IT
  • २०८१ जेष्ठ २, बुधबार

भारतलाई कूटनीतिक नोट पठाएर 'अखण्ड भारत' नक्साको विरोध गर्नुपर्छः रघुवीर महासेठ


काठमाडौं, ४ असार । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सचिव रघुवीर महासेठले भारतलाई कूटनीतिक नोट पठाएर 'अखण्ड भारत' नक्साको विरोध गर्नुपर्ने बताएका छन् । पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका सांसद महासेठले सरकारले भारतलाई कूटनीतिक नोट पठाउनुपर्ने सुझाव दिएका हुन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा महासेठले भारत कहिल्यै अखण्ड नरहेको पनि बताए । नेपाली भूमिलाई समेटेर भारतको संसद् भवनमा अखण्ड भारत भनेर नक्सा राख्नु ठिक नभएको महासेठको भनाइ थियो । 'अखण्ड भारतअन्तर्गत जुन लुम्बिनी र कपिलवस्तु राखियो, त्यो गलत छ । सरकारले यसको विरोध गर्नुपर्छ । कूटनीतिक नोटबाट यसको विरोध गर्नुपर्छ,' उनले भने, 'भारतमा कहिले पनि अखण्ड भारत थिएन । ब्रिटिस इन्डिया कम्पनी थियो ।' अखण्ड भारत भन्ने देशै नभएको महासेठको भनाइ थियो ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट