Techie IT
  • २०८१ जेष्ठ ३, बिहीबार

कोशी प्रदेश नामकरण खारेजीको माग राखिएको वार्तामा सहमति बनेन


बिराटनगर, ४ असार । कोशी प्रदेश सरकार र नामकरण खारेजीको माग राख्दै आएका आन्दोलनरत पक्षबीच भएको पहिलो वार्तामा सहमति बन्न सकेन । आज बिहानबाट प्रदेश राजधानी विराटनगरस्थित एक होटलमा भएको वार्ता करिब ५ घण्टा चले पनि निष्कर्षमा पुग्न नसकेको वार्तामा सहभागी नेताहरूको भनाइ छ । प्रदेश सरकारका तर्फबाट वार्ता समितिको संयोजक रहनुभएका खानेपानी, सिँचाइ तथा उर्जामन्त्री तिलकुमार मेन्याङ्बोले वार्ता सौहार्दपूर्ण भए पनि सहमति बन्न नसक्दा पुनः वार्तामा बस्नेगरी आजको वार्ता सकिएको बताए । आपसी छलफल गरेर पुनः वार्ताका लागि मिति तोक्ने सहमति भएको मन्त्री मेन्याङ्बोले बताए । वार्ता सकारात्मक रूपले अघि बढेकाले चाँडै अर्को चरणको वार्ता हुने उनले जानकारी दिए । आन्दोलनरत पक्षका एजेन्डाहरू वार्ताको विषयमा प्रवेश भएको र आगामी छलफलबाट सहमति खोज्ने प्रयास गरिने उनको भनाइ छ । वार्तामा पहिचान पक्षधरबाट गोविन्द आङ्बुङ, युवराज राई, रामभक्त कुरुम्बाङ, लाक्पा शेर्पा, गेल्जे शेर्पा, कुमार लिङ्देन, रमेश राई, कृष्ण चोङ्बाङ, प्रेम मिभक र पदम जवेगुलगायतको सहभागिता थियो । त्यस्तै, सरकारी पक्षबाट सिँचाइ खानेपानी तथा स्वास्थ्य मन्त्री तिलकुमार मेयाङ्बोको संयोजकत्वमा उद्योग, कृषि तथा सहकारी तथा पूर्वाधार मन्त्री भक्तिप्रसाद सिटौला र सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी सहभागी थिए । गत फागुन १७ गते प्रदेशसभाले प्रदेशको नाम ‘कोशी’ राख्ने निर्णय गरेपछि पहिचान पक्षधरले आन्दोलन गर्दैआएका छन् । आन्दोलनका क्रममा एक जनाको ज्यान गएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट