Techie IT
  • २०८१ जेष्ठ २, बुधबार

गृह मन्त्रालयलेद्वारा २८ जना शाखा अधिकृतको सरुवा


काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले उपत्यका बाहिर ठूलो संख्याका शाखा अधिकृत सरुवा गरेका छन् । गृह मन्त्रालयले बुधबार २८ जना शाखा अधिकृतको सरुवा गरेर उपत्यका बाहिरको दुर्गम र तराई क्षेत्रका २३ जिल्ला पठाएको हो । सरुवा भएकामा २३ जना त्रिभुवन विमानस्थल, अध्यागमन विभाग, कारागार, राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण विभागमा कार्यरत छन् । ५ जना सामान्य प्रशासन मन्त्रालयबाट सरुवा भएका पनि उपत्यका बाहिर खटाइएका छन् । काठमाडौं बाहिर नजान शक्ति प्रयोग गर्ने कर्मचारीलाई खटाएकै ठाउँमा पठाउने निर्णय गरेको हो। सरुवा भएका कर्मचारीलाई बिहीबार गृहमन्त्री श्रेष्ठले बोलाएर जनताको काममा लाग्न निर्देशन दिएका छन् । ुकुनै शक्तीकेन्द्र, मन्त्री, सचिव, कर्मचारी प्रशासन वा कुनै दलका मुख्य नेताबाट खटाएको ठाउँमा नगइ यतै बस्ने कल्पना नगर्नुहोला,ु मन्त्री श्रेष्ठले निर्देशन दिँदै भने, ‘त्यो बाटो बन्द भइसक्यो, अब पाओर सेन्टर धाउन छोड्नुस्, खटाएको जिल्ला गएर जनताको सेवा गर्नुस् ।’ उनीहरुलाई रौतहट, धादिङ, गुल्मी, जुम्ला, सर्लाही, सप्तरी, गोरखा, ओखलढुंगा, बाँके, पर्सा, सिन्धुपाल्चोक, दोलखा, उदयपुर, कपिलवस्तु, सोलुखुम्बु, प्युठान, अछाम, सुर्खेत, तनहुँ, कास्की र मोरङ लगायत जिल्लाका जिल्ला प्रशासन कार्यालयमा सरुवा गरिएको छ ।    



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट