Techie IT
  • २०८१ वैशाख १८, मंगलबार

हङकङलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा


काठमाडौं । हङकङलाई हराउँदै नेपाल ओमानमा चलिरहेकाे एसीसी प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा पुगेकाे छ । आज भएकाे खेलमा नेपालले हङकङलाई ८ विकेटले हरायाे ।

हङकङले दिएकाे १ सय १५ रनकाे लक्ष्य नेपालले १२ ओभर २ बलमा २ विकेट गुमाएर भेटायाे । नेपालका आसिफ शेखले ४०, कुशल भुर्तेलले ३२ रन बनाए । यस्तै कप्तान राेहित पाैडेलले नट आउट २५ र सन्दीप जाेराले नट आउट १९ रन बनाए । हङकङका एहसान खान र यासिम मुर्तजाले समान १ विकेट लिए ।

यसअघि अल अमिरात क्रिकेट ग्राउन्ड (मिनिस्ट्री टर्फ १) मा टस हारेर ब्याटिङ गरेकाे हङकङ १७ ओभर ५ बलमा १ सय १४ रनमा अल आउट भयाे । हङकङका यान्शे रथले सबैभन्दा धेरै ३४ रन बनाए । नेपालका अबिनाश बाेहराले ३, ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान २ तथा करण केसीले १ विकेट लिए । वर्षाका कारण खेल प्रभावित भएपछि १८ ओभरमा झारिएकाे थियाे ।

याे जितसँगै नेपाल ३ खेलमा ६ अङ्कसहित तालिकाकाे शीर्ष स्थानमा छ । हङकङ ३ खेलमा १ जितसहित २ अङ्क जाेड्दै चाैथाे स्थानमा छ । अब नेपालले समूह चरणकाे अन्तिम खेलमा साउदी अरेबियासँग पर्सि बुधवार खेल्नेछ । नेपालले पहिलाे खेलमा मलेसियालाई ५ विकेट र दाेस्राे खेलमा कतारलाई ३२ रनले हराएकाे थियाे ।

यस्तै आजै भएकाे समूह 'ए' कै अर्काे खेलमा कतारले मलेसियालाई ४ विकेटले हरायाे । मलेसिया र कतार ३ खेलमा २ अङ्कसहित तेस्राे र चाैथाे स्थानमा छन् । त्यस्तै अहिले समूह 'बी' अन्तर्गत ओमान र यूएई तथा बहराइन र कुवेत खेलिरहेका छन् ।

एसीसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा छ । यो समूहमा नेपालसँगै हङकङ, मलेसिया, कतार र साउदी अरेबिया छन् । त्यस्तै समूह ‘बी’ मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल जित्ने टोलीले एसिया कप खेल्न पाउनेछ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट