Techie IT
  • २०८१ जेष्ठ ३, बिहीबार

इलाम २ मा एमालेका सुहाङ नेम्वाङलाई फराकिलो मतको अग्रता


काठमाडौं । इलाम २ मा प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ । अहिलेसम्मको मत परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ अगाडि रहेका छन् ।

सुहाङले १६,९४४ मत पाएका छन् भने कांग्रेसका उम्मेदवार डम्बर खड्काले ११,२७३ मत प्राप्त गरेका छन् । कांग्रेसका खड्काभन्दा नेम्वाङ धेरै मतान्तरले अगाडि रहेका छन्।

यसैगरी, ९,०४४ मतका साथ तेस्रो स्थानमा पहिचान पक्षधरका डकेन्द्रसिंह थेगिम रहेका छन् । यस्तै, रास्वपाका उम्मेद्वार मिलन लिम्बूले २८०३ मत प्राप्त गरेका छन् ।  हालसम्म ४ वटा पालिकाको मतगणना सकिएको छ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट