Techie IT
  • २०८१ जेष्ठ ३, बिहीबार

शेयर बजारमा सामान्य सुधार


काठमाडौं । आजको शेयर बजारमा सामान्य सुधार आएको छ । हिजो दोहोरो अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव सात प्रतिशतले बढेर एक हजार नौ सय ८० दशमलव ३४ विन्दुमा पुगेको छ ।

आज फाइनान्स र विकास बैंक समूहको शेयर उच्च अङ्कले बढेकोमा होटल, हाइड्रोपावर, लगानी, बीमा, उत्पादन, अन्य र व्यापार समूहको शेयर भने घटेको छ । आज पोखरा फाइनान्स र जानकी फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बजार खासै घटबढ नभएको दिन पिपुल्स पावर कम्पनीको शेयर छ प्रतिशतले घटेको छ ।

आज तीन सय १७ वटा कम्पनीको ७३ लाख ४१ हजार कित्ता शेयर दुई अर्ब ९५ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै पोखरा फाइनान्सको १७ करोड रुपैयाँभन्दा धेरैको शेयर किनबेच भयो ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट