Techie IT
  • २०८१ वैशाख २९, शनिबार

आईपीएल क्रिकेटमा राजस्थान र दिल्लीको जीत


काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको शीर्ष स्थानमा रहेको राजस्थान रोयल्सले लखनऊ सुपर जाएन्ट्सलाई हराउँदै अङ्क दुरी बढाएको छ । गएराति भएको खेलमा राजस्थानले लखनउलाई सात विकेटले हरायो ।

लखनउले दिएको एक सय ९७ रनको लक्ष्य राजस्थानले १९ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो । राजस्थानका कप्तान सञ्जु स्यामसन ७१ रन बनाउँदै अविजित रहे । त्यसअघि लखनऊमा टस हारेर ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ९६ रन बनाएको थियो । लखनऊका कप्तान केएल राहुलले ७६ रन बनाए ।

जितपछि राजस्थान नौ खेलमा १६ अङ्कसहित शीर्ष स्थानमा यथावत् छ । लखनऊ नौ खेलमा १० अङ्कसहित चौथोमा छ । त्यसअघि हिजो भएको अर्को खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई १० रनले हराएको छ । दिल्लीले दिएको दुई सय ५८ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर दुई सय ४७ रन मात्रै बनाउन सक्यो ।

टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा चार विकेट गुमाएर दुई सय ५७ रन बनाएको थियो । जितसँगै १० खेलबाट १० अङ्क जोडेको दिल्ली पाँचौँ स्थानमा उक्लिएको छ । नौ खेलमा मुम्बई छ अङ्कसहित नवौँ स्थानमा छ ।

आईपीएल क्रिकेटमा आज पनि दुईवटा खेल हुँदैछन् । नेपाली समयअनुसार दिउँसो पौने ४ बजे हुने खेलमा गुजरात टाईटन्स र रोयल च्यालेन्जर्स बैंगलूरु (आरसीबी) तथा बेलुका पौने ८ बजे चेन्नई सुपर किङ्स र सनराईजर्स हैदराबाद खेल्दैछन् ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट