Techie IT
  • २०८१ वैशाख १५, शनिबार

कर्णाली नदीमा हाम्फालेर बेपत्ता भएका युवककाे शव फेला


काठमाडौं । होलीको दिन कैलालीको चिसापानी पुलबाट कर्णाली नदीमा हाम्फालेर बेपत्ता भएका युवकको शव फेला परेको छ । कैलालीस्थित लम्की–चुहा नगरपालिका–३ का लोकेन्द्र शाहीको शव टीकापुर सन्कट्टी घाट नजिकै भेटिएको हो ।

गत सोमबार १७ जना युवाहरूले पुलबाट हाम्फालेका भिडियो सामाजिक संजालमा भाइरल भएको थियो । हाम्फालेका मध्ये ३० वर्षका लोकेन्द्र शाही बेपत्ता भएका थिए ।  उनको शव बिहीबार भेटिएको हो ।

होलि पर्व मनाउँदै ती १७ जना युवाहरूले चिसापानीमा मदिरा सेवन गरेको खुलेको छ । फोटो खिच्न जाने बहानामा उनीहरू पुलमा गएका थिए । तर उनीहरू पालैपाले हाम्फाल्न थालेको भिडियोमा देख्न सकिन्छ। पुलबाट नदीमा हाम फालेका अन्य युवाहरू पौडी खेलेर बाहिर निस्कन सफल भएका थिए । तर शाही मात्र डुबेका थिए ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट