Techie IT
  • २०८१ वैशाख २४, सोमबार

उपचुनावकाे तयारी पूरा, निर्धक्क भई मतदानमा सहभागी हुन आयाेगकाे आग्रह


काठमाडौं । इलामको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर–२ र बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ (क) मा भोलि शनिवार हुने उपचुनावको तयारी पूरा भएको छ ।

निर्वाचन आयोगले उपचुनावको तयारी पूरा भएको र मतदातालाई निर्धक्क भएर मतदानमा सहभागी हुन अपिल गरेको छ । बिहान ७ बजेदेखि शुरु हुने मतदान बेलुका ५ बजेसम्म चल्नेछ । आफ्नो तोकिएको मतदान केन्द्रमा उपस्थित भई मतको सदुपयोग गर्न मतदातालाई आयोगले आग्रह गरेको छ । आयोगले कुनै पनि अवाञ्छित गतिविधिबाट मतदान प्रभावित हुन नदिनेतर्फ सचेत रहेको जनाएको छ ।

इलाम–२ बाट प्रतिनिधि सभामा निर्वाचित सुवासचन्द्र नेम्वाङको निधन भएकाले त्यहाँ उपचुनाव हुन लागेको हो । त्यस्तै बझाङ–१ (क) मा प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि उपचुनाव हुन लागेको हो ।

यसैबीच निर्वाचन आयोगले भोलि हुने उपचुनावका लागि पारदर्शिता कायम गर्नेगरी सार्वजनिक यातायात सञ्चालनको उपयुक्त प्रबन्ध गर्न निर्देशन दिएको छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट