Techie IT
  • २०८१ जेष्ठ २, बुधबार

मर्स्याङ्दी–काठमाण्डौ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा


काठमाडौं । मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत आयोजनाको विद्युत काठमाडौं उपत्यकामा ल्याउन निर्माण गरिएको दुई सय २० केभी डबल सर्किट प्रसारण लाइन तथा दुई सय २० केभी मातातीर्थ सबस्टेसनको उद्घाटन भएको छ । काठमाडौं उपत्यकामा विद्युत आपूर्तिका लागि २२०–१३२ केभी, ३२० एमभिए  क्षमताको मातातीर्थ सबस्टेसन काठमाडौं  उपत्यकामा विद्युत आपूर्तिका लागि सबैभन्दा ठूलो सबस्टेसन हब हो ।

मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत आयोजनाको विद्युत काठमाडौं उपत्यकामा ल्याउन तनहुँको आँबुखैरनीको मार्कीचोक सबस्टेसनबाट काठमाडौंसम्मको मर्स्याङ्दी–काठमाण्डौ दुई सय २० केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरिएको हो ।

तनहुँ, गोरखा, चितवन धादिङ र काठमाडौंमा निर्माण गरिएका प्रसारण लाइनको लम्बाइ ८२ किलोमिटर छ । प्रसारण लाइनमा दुई सय ३३ वटा टावर निर्माण गरिएको छ । प्रसारण लाइनलाई हाल एक सय ३२ केभीमा चार्ज गरी सञ्चालनमा ल्याइएको छ ।

मर्स्याङ्दी –काठमाण्डौ र त्रिशूली–काठमाण्डौ प्रसारण लाइनबाट आएको करिब एकरएक  हजार मेगावाट विद्युत बाडभञ्ज्याङमा आबद्ध भई त्यहाँबाट करिब दुई हजार मेगावाट विद्युत मल्टिसर्किट प्रसारण लाइनमार्फत मातातीर्थ सबस्टेसनमा समाहित हुनेछ ।

मस्र्याङ्दी र त्रिशूली नदी बेसिनमा उत्पादित विद्युत प्रवाह हुने भएकाले काठमाण्डौ उपत्यकाको भविष्यको विद्युत मागलाई सम्बोधन गर्न र  देशको समग्र विद्युत प्रणाली सुधार गर्न प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसन महत्वपूर्ण हुने विद्युत प्राधिकरणले जनाएको छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट