Techie IT
  • २०८१ जेष्ठ ६, आइतबार

सवारी लाइसेन्स प्रणालीलाई व्यवस्थित बनाउन प्रधानमन्त्रीको निर्देशन


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी समस्या समाधानबारे यातायात व्यवस्था विभागका अधिकारीहरूसँग छलफल गरेका छन् ।

चालक अनुमति पत्र वितरणमा भइरहेको ढिलाइ, नक्कली अनुमति पत्र वितरणलगायतका समस्याको गुनासो बढेपछि प्रधानमन्त्री प्रचण्डले विभागका अधिकारीहरूलाई बोलाएर छलफल गरेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्डले नक्कली लाइसेन्स वितरण भइरहेको कुरा सुनेको भन्दै त्यसलाई तत्काल रोक्न निर्देशन दिए।

छलफलमा प्रचण्डले चालक अनुमति पत्रसम्बन्धी डिजिटल प्रणालीलाई व्यवस्थित बनाउन पनि निर्देशन दिए । उनले नीतिगत समस्या भएमा आफूलाई सुझाव दिन भन्दै अन्यथा समस्याको तत्काल समाधान गर्नुपर्ने बताए।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट