Techie IT
  • २०८१ वैशाख २३, आइतबार

कर्णालीका मुख्यमन्त्री कँडेललाई विश्वासको मत


काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् ।

आज प्रदेश सभामा कँडेलले २३ मत प्राप्त गरे। कुल ४० सदस्यीय प्रदेश सभामा आज ३५ जना सांसद उपस्थित थिए । विश्वासको मतको पक्षमा २३, विपक्षमा ११ र एक मत तटस्थमा परेको छ ।

कर्णाली प्रदेश सभामा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १० जना सांसद छन् । यसैगरी राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्रका एक–एक सांसद छन् ।

कर्णालीमा माओवादीका राजकुमार शर्माले गएको चैत २१ गते राजीनामा दिएपछि चैत २७ गते एमालेका कँडेल मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट