Techie IT
  • २०८१ वैशाख ३१, सोमबार

इलाममा २ वटा वडाको मत गनिसक्दा कांग्रेसका खड्काको अग्रता कायमै


काठमाडौं ।  इलाम–२ मा भएको प्रतिनिधि सभा सदस्य उपचुनावमा दुई वटा वडाको मतगणना सम्पन्न हुँदा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ ।

फाकफोकथुम गाउँपालिका–१,  २ र ३ को  को ४ हजार ३२ मतगणना सम्पन्न हुँदा कांग्रेसका डम्बर खड्काले १६ सय ४३ मत पाउँदा एमालेका सुहाङले १६ सय १ मत पाएका छन् ।  एमालेका सुहाङ नेम्वाङले मतान्तर घटाएका छन् । उनीहरूबिचको मतान्तर ४२ मा झरेको छ । यसअघि १ र २ नम्बर वडाको मतगणना सकिँदा सुहाङ ८३ मतले पछाडि थिए । 

हिजो शनिवार भएको उपचुनावमा ६९ हजार २ सय ८७ अर्थात् ५९ दशमलव ७९ प्रतिशत मत खसेको थियो । यस क्षेत्रमा १ लाख १५ हजार ८ सय ८९ जना मतदाता थिए । उपचुनावमा १२ वटा राजनीतिक दलका र सात जना स्वतन्त्रसहित १९ जना चुनावी प्रतिस्पर्धामा छन् ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट