Techie IT
  • २०८१ जेष्ठ ५, शनिबार

आज दिनभरको मौसम कस्तो रहला ?


काठमाडौं । आज पहाडी भेगका केही ठाउँमा हल्का पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार कोशी, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले अबको एक हप्ताभित्र हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण सार्वजनिक गरिसकेको छ । महाशाखाले सार्वजनिक गरेको साप्ताहिक कृषि–मौसम पूर्वानुमान बुलेटिनमा सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने उल्लेख छ ।

पश्चिमी न्यून चापीय प्रणालीले पानी पार्ने बादल नेपालसम्म ल्याउने देखिएकोले केही ठाउँमा पानी पर्ने मौसमविदले बताएका छन् ।

लामो समय पानी नपर्दा देशभर गर्मी र प्रदूषणसँगै आगलागीका घटना बढेका छन् ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट