Techie IT
  • २०८१ वैशाख २६, बुधबार

रुसी राष्ट्रपति पुटिन चीन भ्रमणको तयारीमा


रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अर्को महिना चीन भ्रमणको तयारी गरेका छन् । रुसी समाचार एजेन्सी तासकाअनुसार पुटिन राष्ट्रपतिमा पाँचौँ पटक निर्वाचित भएपछि पहिलो विदेश भ्रमणको तयारीमा हुन् ।

पुटिन गएको मार्चमा पाँचौँ पटक राष्ट्रपतिमा चयन भएका थिए । उनले अर्को महिना मे मा चीनको भ्रमण हुनसक्ने बताएको खबरमा उल्लेख छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन बेइजिङ पुगेको केही समयपछि पुटिनको पनि चीन भ्रमण हुन सक्ने सार्वजनिक भएको हो । चिनियाँ राष्ट्रपति सी जिनपिङले यसै महिनाको शुरुमा बेइजिङमा रुसी विदेशमन्त्री सेर्गेई लाभरोभसँग भेट गरेका थिए ।

रुसले युक्रेनमा आक्रमण गर्दै आएको छ । चीनले यसमा आफ्नो तटस्थता दाबी गरे पनि रुसका लागि महत्त्वपूर्ण आर्थिक साझेदारको रूपमा रहेको छ ।

 


 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट