Techie IT
  • २०८१ जेष्ठ ६, आइतबार

रुसी राष्ट्रपति पुटिनद्वारा पाँचौँ कार्यकालका लागि शपथ ग्रहण


रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पाँचौँ कार्यकालका लागि शपथ लिएका छन् । गएको मार्चमा भएको चुनावमा ८७ दशमलव २८ प्रतिशत मत ल्याएर विजयी भएका पुटिनले आज विशेष समारोहका बीच शपथ लिएका हुन् ।

पुटिनको शपथ ग्रहण समारोह कार्यक्रमलाई अमेरिका, बेलायत तथा युरोपेली सङ्घका देशहरूले बहिष्कार गरेका छन् । सन् २००० को मे ७ मा पहिलो कार्यकालका लागि शपथ लिएका पुटिन त्यसयता लगातारजसो रुसको सत्तामा छन्।

सन् २००४ को राष्ट्रपतीय चुनावमा पनि विजयी पुटिन कानुनी व्यवस्थाका कारण तेस्रो पटक राष्ट्रपति बन्न पाएनन् । सन् २००८ मा आफ्ना विश्वासपात्र दिमित्री मेदभेदेभलाई राष्ट्रपति बनाएर पुटिन प्रधानमन्त्री बने। त्यसपछि राष्ट्रपति पदको कार्यकाल बढाएर छ वर्ष पुर्‍याउनुभएका पुटिन २०१२, २०१८ र २०२४ को राष्ट्रपतीय चुनावमा विजयी भए ।

पुटिनले पाँचौँ कार्यकालका लागि निर्वाचित हुनुअघि कानुन संशोधन गरेर थप एक कार्यकाल सत्तामा रहने बाटो खोलेका छन् । युक्रेनमाथिको आक्रमणपछि देशभित्र लोकप्रिय बन्दै गएका पुटिन अन्तर्राष्ट्रियस्तरमा भने थप आलोचित बन्दै गएका छन् ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट