Techie IT
  • २०८१ जेष्ठ ७, सोमबार

चक्रपथमा मनै लोभ्याउने जाकारान्डा फूल


ललितपुर । ललितपुर महानगरपालिका वडा नम्बर १४ महालक्ष्मीस्थानको चक्रपथ छेउमा फुलेको बैजनी रङ्गको जाकारान्डा फूलले त्यहाँ जानेलाई लोभ्याउने गरेको छ । यो वर्षमात्रै होइन हरेक वर्ष वसन्त ऋतुमा सातदोबाटोदेखि एकान्तकुनासम्मको सडक छेउमा जाकारान्डा यसरी नै ढपक्कै फुलेको देखिन्छ । जसले चक्रपथ क्षेत्रको शोभासमेत बढाएको छ ।

महालक्ष्मीस्थान चोक, चापागाउँ दोबाटो चोक र थसीखेल चोकमा जाकारान्डा फूलका ठूला रुखहरू छन् । अहिले हरेक दिन बेलुकापख फूललाई पृष्ठभूमिमा पारेर फोटोरभिडियो खिच्नेहरूको लाम लाग्ने गरेको छ । बैजनी रङ्गमा फुलेको जाकारान्डा फूलको सुन्दर दृश्यमा धेरै जना रमाइरहेका देखिन्छन् । थसीखेल चोकमा फुलेको जाकारान्डा देखेर मनै प्रफुल्ल हुने गरेको स्थानीय वीरेन्द्र तितुङले बताउनुभयो ।

ललितपुर महानगरपालिकाले चक्रपथ छेउमा जाकारान्डा फूलका बिरुवा रोपेको छ । तीमध्ये केही फुल्न शुरु गरेका छन् भने केही भर्खर हुर्कँदैछन् । अहिले ललितपुरको जावालाखेल, लगनखेल, कुपण्डोललगायत विभिन्न ठाउँमा जाकारान्डा फुलेका देख्न सकिन्छ भने काठमाण्डौ उपत्यकाका अरू विभिन्न ठाउँमा पनि जाकारान्डा फुलेर मनमोहक देखिएको छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट