Techie IT
  • २०८१ जेष्ठ १७, बिहीबार

गौरादेवीद्वारा गौरादेवी हर्वल पार्कको उद्घाटन


झाँगाझोली, तनहुँ । शुक्लागण्डकी नगरपालिका वार्ड नं. ६ तनहुँ स्थित धार्मिक तथा पर्यटकीय गन्तव्य झाँगाझोलीमा रहेको गौरादेवी प्राकृतिक जडीबुटी उद्यान सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका वार्ड नं. ३ झाँगाझोली निवासी ८९ वर्षिया गौरादेवी दाहालद्धारा बेल र सिरखण्डको बिरुवा रोपेर उद्घाटन गरिएको छ । झाँगाझोली एग्रो टुरिजमले संयौ प्रजातिका चिनारी सहितको जडीबुटीका बिरुवा रोपी आर्कषक पार्क निर्माण गरी सञ्चालनमा ल्याएको छ । गौरादेवी नेचुरल हर्वल पार्क झाँगाझोली सुन्दर बगैँचा, शशीधर प्रदर्शनी मार्ग, नैनानन्द प्रादेशिक कोशेली घर, सुनकोशी नदी पुल, रुद्रकुण्ड, रुद्र झरना, रुद्रघण्ट, चिल्ड्रेन पार्क लगायतको आर्कषक पार्क अवलोकनका लागि दैनिक सयौं आन्तिरक पर्यटकहरु आउने गरेका छन् । विशेष गरी नेपालमा पाइने सबै प्रजातिका जडीबुटीको अध्ययन केन्द्र बनाइने लक्ष्य रहेको गौरादेवी प्राकृतिक जडीबुटी उद्यान निजी क्षेत्रको एक उत्कृष्ट रिसर्च सेन्टर बन्न सक्ने आँकलन गरिएको छ । गौरादेवी प्राकृतिक जडीबुटी उधान उद्घाटनको अवसरमा जडीबुटीको आयुर्वेदिक महत्व बारे नर्सरी व्यवसायी संघका अध्यक्ष रामजी प्रसाद तिमिल्सिनाद्धारा जानकारी गराइएको थियो ।

झाँगाझोली एग्रो टुरिजमले छोटो समयमा नै पर्यटन प्रवद्र्धनमा फड्को मारेको नजिकबाट नियाली रहेका पर्यटन व्यवसायीहरुको निष्कर्ष छ । एकेडेमिक रिसोर्टको अनुभुति हुने झाँगाझोली शैक्षिक हबको रुपमा विकास हुँदै गएको छ ।

पृथ्वी राजमार्ग खैरेनीटारबाट दुई दशमलव पाँच किलोमिटर दुरीमा रहेको झाँगाझोली र सिन्धुली जिल्लामा रहेको झाँगाझोली बीचमा थुप्रै समानता रहेको छ । एउटा झाँगाझोली चर्चा हुँदा अर्को झाँगाझोलीको स्वत चर्चा हुने पर्यटन प्रवद्र्धन सम्बन्धी नयाँ अवधारणाले आम पर्यटन व्यवसायीलाई मार्गदर्शन हुन सक्छ । धार्मिक तथा पर्यटकीय भ्रमणको नँया गन्तव्य बनेको झाँगाझोली तनहुँ पर्यटकीय राजधानी पोखराको काखैमा अवस्थित छ । एकपटक पुग्नै पर्ने झाँगाझोली तनहुँबाट प्रत्यक्ष अनुपम अनुभुति लिनुपर्ने देखिन्छ ।

कलात्मक बस्तु, लोप हुन लागेका परम्परागत सामाग्री, विभिन्न जातजातिका पहिचानका सामाग्री, बाद्यबादनका सामाग्री लगायतका थुप्रै बस्तु राखिएको छ । विद्यार्थीहरु घुम्न आउँदा यस्ता बस्तुहरुको अवलोकन गरून् र केही शिक्षा सिकुन भन्ने उदेश्यले लोप हुने अवस्थाका सामाग्री राखिएको हो । रिसोर्टमा ७ वटा सुबिधासम्पन्न कोठा छन् । सिन्धुलीको झांगाझोलीको झल्को दिनेगरी त्यहाँको सम्पदाको संरक्षण गर्ने उदेश्यले रिसोर्ट खोलिएको संचालक अधिकारीको भनाइ छ । रिसोर्टमा विद्यार्थीहरुको लागि घुम्नलाई पार्क छ भने हाती, गैंडालगायतका जनावरको प्रतिमा बनाइएको छ । त्यहाँ घुम्न आउनेहरु जनावरको प्रतिमामा बसेर फोटो खिच्ने गर्छन् । बच्चाहरुको लागि मनोरंजन दिलाउन खेल सामाग्री समेत त्यहीँ नै बनाइएको छ, उनले भने । अहिले झांगाझोलीमा दैनिक दुई सयदेखि तीनसयको हाराहारीमा अबलोकनका लागि आन्तरिक पर्यटक आउने गरेका छन् ।

रिसोर्ट शैक्षिक हब र धार्मिक पर्यटनको रुपमा बिकास गरिने लक्ष्यका साथ सुरु गरिएको भएपनि अहिले त्यति धेरै विद्यार्थीहरु अबलोकन गर्न आएका छैनन् । प्रचारप्रसार कम भएकाले पनि आउने विद्यार्थीको संख्या कम भएको हो । खैरेनीटार बजारबाट साढे दुई किलोमीटरमा पुग्न सकिने र त्यही बाटो भएर तीनखोले देवी मन्दिर पनि जान सकिने भएकाले पनि यो ठाउँ पर्यटकको रोजाइमा पर्ने बिश्वास छ । मन्दिरको काखमा झांगाझोली भएकाले पनि यो ठाँउ धार्मिक पर्यटनको उपयुक्त गन्तव्य बन्दै गैरहेको छ । पछिल्लो समय धार्मिक क्षेत्रको अवलोकन गर्ने क्रम बढ्दै गएको छ । तनहुँको धार्मिक क्षेत्रको रुपमा बिकास गरिन लागिएको तीनखोले देवी मन्दिरमा पनि भक्तजनहरु आउने क्रम बढ्दो छ । भक्तजनहरु दर्शन र अबलोकन गरेर फर्किदा मनोरंजन लिने ठाउँ झांगाझोली उपयुक्त गन्तव्य बन्न्न सक्छ । झांगाझोली रिसोर्टमा स्वर्गीय कृष्णप्रसाद कोइरालाको घरलाई यथार्थ चित्रण गरि सङ्ग्रहालय बनाउनको लागि तयारी गरिएको छ । पूर्व प्रधानमन्त्रीहरु विशेश्रवर प्रसाद कोइराला, गिरिजा प्रसाद कोइराला र मातृका प्रसाद कोइरालाका पिता कृष्ण प्रसाद कोइरालाको जन्मथलो सिन्धुलीको दुम्जा, झांगाझोली रहेकाले कोइरालाको घरलाई यथार्थ चित्रण गरी कोइरालाको पुर्खेउली घर निर्माण गरी संग्रहालय बनाएर राखिने भएको हो । झांगाझोली बनेपछि यस क्षेत्रमा पर्यटकको पनि चहलपहल बढेको वडाध्यक्ष बुद्धि बहादुर थापाले बताए । उनका अनुसार यो ठाउँ निकै सुनसान थियो । तर यहाँ झांगाझोली नाम दिएर रिसोर्ट संचालनमा आएको छ । रिसोर्ट खुलेपछि मानिसहरूको पनि चहलपहल भएको छ । रिसोर्ट राम्रो मात्रै नभएर आएका पाहुनालाई सुचना र संदेश दिने खालको पनि छ ।

विभिन्न प्रकारका जनावरका प्रतिमा, पार्क, लोप हुने अवस्थाका बस्तु पनि अवलोकन गर्न पाइन्छ । त्यसैले पनि विद्यार्थीले त्यस्ता बस्तुको पहिचान गरि सिक्ने र चिन्ने अवसर पाउँछन् । उनीहरुले शैक्षिक हबको रुओअमा बिकास गर्ने उदेश्यले विभिन्न संरचना निर्माण गरिरहेका छन् । खैरेनीटार देखि तीनखोले देवी मन्दिर सात किलोमीटर दुरीमा पर्छ । त्यही बाटो भएर जाँदा बाटैमा झांगाझोली भेटिन्छ । तीन खोले मोटर मार्गमा यसबर्ष एक करोड बीस लाखको योजना परेको वडाध्यक्ष थापाले बताए । बाटो बन्ने र पुर्वाधार थपिदै गएपछि मन्दिर आउने पर्यटकको संख्यामा झन बढी वृद्धि हुनेछ, उनले भने । तनहुँमा निर्माण गरिएको झांगाझोलीले सिन्धुलीमा रहेको झांगाझोलीको प्रचारप्रसार गर्ने उदेश्य पनि हो । सिन्धुलीको झांगाझोलीको झल्को दिने गरि बनाइएको संरचनाले घुम्न आउने पर्यटकको मन लोभ्याउने बिश्वास संचालकले गरेका छन् । अवलोकनका लागि आउने पाहुनालाई जानकारी दिन सूचना कक्ष पनि बनाइएको छ । सूचना कक्षले धेरै कुराको ज्ञान दिनेछ । त्यस्तै वरिपरि विभिन्न प्रकारका जडिबुटी पनि लगाइएको छ ।

१७ रोपनी क्षेत्रफलमा बनाइएको रिसोर्टले खान र बस्न मात्र नभैकन त्यहाँको रमणीय बाताबरणले पनि पाहुनालाई मनोरंजन दिनेछ । सलल बगेको कुम्ले खोला र चारैतिर डांडाले घेरिएको मनोरम दृश्यले पनि पर्यटकको ध्यान खिच्ने गरेको छ । पछिल्लो समय चराचुरुङ्गीको आवाज सुन्न नपाइने भएपनि जंगलको बिचमा झांगाझोली रहेकाले विभिन्न चराचुरुङ्गीको अवाज सुन्न सकिन्छ । सिन्धुली र तनहुँ बिच मितेरी सम्बन्ध कायम राख्न पनि झांगाझोलीले सहयोग पुग्ने बिश्वास गरिएको संचालकको बुझाइ छ । तीनखोले मन्दिरमा आउने पर्यटकको संख्यामा वृद्धि आएको शुक्लागण्डकी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लाम्गादेले बताए । दर्शनका लागि तीनखोले देवी मन्दिरमा तनहुँसहित कास्की र लमजुङदेखि धार्मिक पर्यटक आउने गरेका छन् ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट