Techie IT
  • २०८१ वैशाख २४, सोमबार

प्रधानमन्त्री र एडीबीका उपाध्यक्षबीच लगानी सम्मेलनका विषयमा छलफल


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग एसियाली विकास बैंक (एडीबी) का उपाध्यक्ष इङमिङ याङले शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरूबीच नेपालको आर्थिक विकासका साथै पर्सिदेखि काठमाण्डौमा शुरु हुन लागेको लगानी सम्मेलनका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डले लगानीका लागि नेपाल उपयुक्त गन्तव्य भएको बताउँदै भौतिक पूर्वाधार निर्माणमा एडीबीको महत्त्वपूर्ण लगानी रहेको बताए । लगानी सम्मेलनमा नेपालले प्रभावकारी एवम् लगानीयोग्य आयोजनाहरू प्रस्ताव गर्ने जानकारी पनि उनले दिए ।

उपाध्यक्ष याङले नेपालको रणनीतिक आयोजनामा लगानी गर्न एडीबी तयार रहेको तथा आउँदा दिनमा नेपालमा थप लगानी गर्ने गरी बैंकले रणनीति तय गर्ने बताए ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट