Techie IT
  • २०८१ वैशाख २२, शनिबार

सोमालियामा भारी वर्षा र बाढीको कारण ७ लाखभन्दा बढी मानिस प्रभावित


सोमालियामा भारी वर्षा र बाढीका कारण लाखौँ मानिस प्रभावित भएका छन् । लगातारको भारी वर्षासँगै आएको बाढी र डुबानका कारण करिब सात लाख ७० हजार मानिस प्रभावित हुन सक्ने संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय ९ओसीएचए० ले अनुमान गरेको छ ।

ओसीएचएकाअनुसार सोमालियाको २२ वटा जिल्लाका धेरै क्षेत्रमा अप्रिल शुरु भएदेखि नै भारी वर्षा भइरहेको छ  । शाबेल र जुबा नदीको छेउछाउका बस्तिलाई प्राथमिकतामा राखेर उद्धार र सहायताका लागि डुङ्गाहरु तयारी अवस्थामा राखिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

सोमालियामा यसअघि सन् २०२३ को अक्टोबरदेखि डिसेम्बरसम्ममा बर्षाका कारण १६ लाख मानिस विस्थापित भएका थिए । भारी वर्षा र डुबानका कारण सोमालियामा खाद्य सङ्कट गहिरिएर भोकमरीको समस्या अझ थपिने अनुमान रहेको छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट