Techie IT
  • २०८१ वैशाख १८, मंगलबार

प्रहरीले सर्लाहीमा गोली चलायो, अमेरिकन पेस्तोल सहित दुई जना ‘भारतिय डाँका’ पक्राउ


काठमाडौं । सर्लाहीमा प्रहरीले गोली चलाएको छ ।  प्रहरीले चलाएको गोली लागेर भारत मोतिहारी घर भएका जितेन्द्र राउत घाइते भएका छन् । राउतको घुँडा र तिघ्रामा गोली लागेको छ । उनको मलंगवास्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको सर्लाहीका एसपी दयानिधि ज्ञवालीले बताए ।

राउतसँगै मोटरसाइकलमा सवार अर्का एक जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । आरोपीहरूविरुद्ध भारतमा अपहरण र शरीर बन्धक कसुरमा करिब १ दर्जन मुद्दा विचाराधीन छ । सर्लाहीको बरहथवामा पक्राउ गरेर जिल्लामा लैजाँदै गर्दा प्रहरीको हतियार खोसेर भाग्न खोजेपछि उनीहरुबिरुद्ध जवाफी कारबाही गरिएको प्रहरीको भनाइ छ ।

आरोपीहरूलाई पक्राउ गर्न प्रहरीले ५ राउन्ड गोली चलाएको थियो । सो मध्ये दुई राउन्ड गोली जितेन्द्रलाई लागेको हो । उनीहरुले बोकेको अमेरिकन पेस्तोल र ६ राउन्ड गोली प्रहरीले बरामद गरेको छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट