Techie IT
  • २०८१ वैशाख ३१, सोमबार

आईफोन १६ सिरिजको डिजाइन र फिचर्स लिक


काठमाडौं । आईफोन निर्माता कम्पनी एप्पलले आगामी सेप्टेम्बरमा आईफोन १६ ल्याउने तयारी गरेको छ । लञ्च हुनुअघि नै यो फोनको डिजाइन र फिचर्स लिक भएको छ । आईफोन १६ आईओएस १८ सहित लञ्च हुनेछ । जुन एप्पलको अहिलेसम्मको इतिहासमै सबैभन्दा ठूलो अपडेट हुनेछ ।  

आईफोन १६ मा आईफोन ११ र १२ जस्तै भर्टिकल मोड्युल क्यामेरा हुनेछ ।  

तर यसको डिजाइन भने केहि फरक हुनेछ । आईफोन १६ को क्यामेरा मोड्युल ‘पिल सेप्ड’ रहेको छ ।  

एप्पलले आईफोन १६ प्रोको स्क्रिन ६।३ इन्च र आईफोन १६ प्रो म्याक्सको स्क्रिन ६।९ इन्चसम्म बढाउन सक्ने जनाइएको छ । आईफोन १६ र १६ प्लसमा आईफोन १५ प्लस मोडल जस्तै एक्सेस बटन प्रदान गरिनेछ । तथापी आईफोन १६ मा एउटा अर्को बटन देख्न सकिनेछ, जुन डेडिकेटेड क्यामेरा सटरका लागि हुनेछ ।  

यस्तै यसमा पुरानो प्रोसेसर ए१७ बायोनिक प्रदान गरिनेछ । यो प्रोसेसर ३ एनएम आर्किटेक्चरमा निर्माण हुने र पहिलेभन्दा तीव्र हुनेछ ।  

नन–प्रो मोडल आईफोन १६ र आईफोनमा प्लसमा क्यामेरा रिडिजाइनिङ गरिने सम्भावना रहेको छ । तर यी मोडलहरुको आकार एउटै हुनुका साथै ६०एचजेट डिस्प्ले हुने जनाइएको छ ।  

नयाँ आईफोन १६ को लाइनअपमा ब्याट्रीको प्रविधि परिवर्तन गरिने र यसले ब्याट्री लामो समयसम्म टिक्ने जनाइएको छ । यसका साथै ब्याट्रीको चार्जिङ स्पीड पनि बढाइने  छ ।  

आईफोन १६ मा डुअल क्यामेरा सेटअप गरिनेछ । तर प्रो मोडलहरुमा भने तीनवटा क्यामेरा हुनेछ । प्रो मोडलमा नयाँ ४८ एमपी अल्ट्रावाइड सेन्सर देख्न सकिनेछ । जुन अहिलेको १२ एमपी सुटरको अपग्रेड हुनेछ ।  

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट