Techie IT
  • २०८१ वैशाख १५, शनिबार

भोलिदेखि धरहरामा निःशुल्क पार्किङ गर्न पाइने


काठमाडौं । काठमाडौं महानगरपालिकाले धरहरामा निःशुल्क पार्किङको व्यवस्था मिलाएको छ । धरहरासँगै निर्माण गरिएको भवनको पहिलो तलामा भोलिदेखि निःशुल्क पार्किङ सेवा उपलब्ध हुने भएको हो ।

काठमाडौं महानगरले न्युरोडमा कालोपत्रे सडकमाथि पार्किङ निषेध गरेको थियो । महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले भोलिदेखि धरहरा क्षेत्रमा रहेको पार्किङ भवनमा निःशुल्क पार्किङको व्यवस्था मिलाइएको बताए । यसअघि काठमाडौं टावर (साबिक पुरानो बसपार्क) मा निःशुल्क पार्किङको व्यवस्था मिलाएको उनको भनाइ छ ।

५० हजार स्क्वायर फिट क्षेत्रफल निःशुल्क पार्किङका लागि उपलब्ध हुने उनको भनाइ छ । सहिद गेटबाट नयाँ सडक जाँदा गएको दसैँदेखि छठ पर्वसम्मको अवधिमा वडा कार्यालयले साझेदार र स्थानीय क्लबहरुसँगको सहकार्यमा निःशुल्क पार्किङ सेवा दिएको थियो ।  संरचनागत रुपमा, यो ठाउँ नेपालकै ठूलो पार्किङ संरचना हो ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट