Techie IT
  • २०८१ वैशाख २५, मंगलबार

एसीसी प्रिमियर कप : नेपालले मलेसियालाई ५ विकेटले हरायो


काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले विजयी शुरुवात गरेको छ । आज भएको खेलमा नेपालले मलेसियालाई ५ विकेटले हरायो ।

मलेसियाले दिएको १ सय ४४ रनको लक्ष्य नेपालले १९ ओभर २ बलमा ५ विकेट गुमाएर भेटायो । नेपालका कप्तान रोहित पौडेल र आसिफ शेखले समान ३२, कुशल भुर्तेलले २४, दीपेन्द्रसिंह ऐरीले २०, गुल्सन झाले नट आउट १९, सन्दीप जोराले नट आउट १२ रन बनाए । बलिङतर्फ मलेसियाका वीरनदीप सिंहले ३ विकेट लिए ।

यसअघि ओमानको अल अमिरात क्रिकेट ग्राउन्ड ९मिनिस्ट्री टर्फ १० मा टस जितेर ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ३ विकेट १ सय ४३ रन बनायो । मलेसियाका कप्तान वीरनदीप सिंहले नट आउट ६८, शर्भिन मुनियन्दीले ४१ रन बनाए । बलिङतर्फ नेपालका दीपेन्द्रसिंह ऐरीले २ र अबिनाश बोहराले १ विकेट लिए ।

यसअघि आजै भएको खेलमा घरेलु टोली ओमान र यूएईले विजयी शुरुवात गरेका छन् । ओमानले बहराइनलाई ३ रनले हरायो भने यूएईले कुवेतलाई ७ विकेटले हरायो ।

प्रतियोगितामा नेपालले दोस्रो खेलमा पर्सि शनिवार कतारसँग, वैशाख ३ गते सोमवार हङकङसँग र वैशाख ४ गते बुधवार समूह चरणको अन्तिम खेलमा साउदी अरेबियासँग खेल्नेछ ।

भोलिदेखि शुरु हुने प्रिमियर कप वैशाख ९ गतेसम्म चल्नेछ । एसीसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा छ । यो समूहमा नेपालसँगै हङकङ, मलेसिया, कतार र साउदी अरेबिया छन् । यस्तै समूह ‘बी’ मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र संयुक्त अरब इमिरेट्स ९यूएई० छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । फाइनल जित्ने टोलीले एसिया कप खेल्न पाउनेछ ।

टी–२० फम्र्याटमा हुने प्रतियोगिताका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले यसअघि नै रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरिसकेको छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट